पोखरास्थित ईन्टरनेसनल नेपाल फेलोसिप (आई एन एफ) नेपालद्वारा सञ्चालित हरियो खर्क अस्पतालमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल सहितको प्रदेश सरकारको टोलीले भ्रमण गरेको छ ।

एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री सहितको टोलीलाई आई एन एफ नेपालले स्वागत गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मा. मुख्यमन्त्री पोखरेलले कुष्ठरोगको उपचारका लागि खुलेको हरियो खर्क अस्पतालले निरन्तर सेवा प्रदान गर्दै हाल  शारीरिक असक्तता, कान सम्बन्धी समस्या, मेरुदण्ड पक्षघात लगायतका विभिन्न समस्या भएका बिरामीको स्वास्थ्योपचारमा उल्लेखनीय सेवा पु¥याउँदै आएको प्रति प्रशंसा व्यक्त गरे । उनले भने, अस्पतालका बारेमा मैले धेरै पहिलादेखि नै सुन्दै आएको थिएँ तर पनि यसको इतिहास र हाल यसले गर्दै आएका कामका बारेमा स्थलगत रुपमै जानकारी लिन पाउँदा औधी खुशी लागेको छ ।

विभिन्न चोटपटकका कारणले मेरुदण्डको समस्या भएका बिरामीहरुका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको भन्दै उनले यसका लागि हरियो खर्क अस्पताल सँग समन्वय र सहकार्य गर्न सकिने कुरा व्यक्त गरे । प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको भन्दै उनले आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गरे ।

उक्त अवसरमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री माननीय कुमार खड््काले कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले अहिले विविध स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको सेवाको मुक्तकण्ठले कदर गरे । अस्पतालको सेवा विस्तारका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रमका सभापति तथा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले पोखरासँगै सुर्खेत र नेपालगन्जमा समेत अस्पताल सञ्चालनमा रहेको भन्दै पोखरामा अन्यत्रभन्दा भिन्न र विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी गराए । अस्पतालमा उपचार मात्र नभएर जीवन कसरी जिउने भनेर त्यसै अनुसारका तालिम तथा परामर्श समेत प्रदान गरिने गरिएको बताए । कार्यकारी निर्देशक कृष्ण अधिकारीले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आई एन एफ लाई विगत ७० वर्ष देखि नै निरन्तर प्रदान गर्दै आइरहेको साथ, सहयोग र अभिभावकत्वका लागि हार्दिक कृतज्ञता व्यक्त गरे र भविष्यमा पनि यस्तै साथ र सहयोग निरन्तर रहिरहने अपेक्षा प्रकट गरे । साथै उनले अनुगमन भ्रमणका लागि पाल्नुभएका मुख्यमन्त्री सहितको टोलीलाई धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै अस्पताल निर्देशक डा. अरुणकुमार बुढाले अस्पताल स्थापनादेखि हालसम्मका गतिविधि तथा अस्पतालका भावी योजनाका बारेमा प्रकाश पारेका थिए । राणा शासनको अन्त्य लगत्तै भारतबाट आएको विदेशी विशेषज्ञ चिकित्सक सहितको टोलीले नेपालीहरु समेतको सहभागितामा वि.सं.२००९ सालमा पोखराको टुडीखेलमा सबैभन्दा पहिला साइनिङ अस्पताल खोलेका थिए । ति तमाम अग्रजहरुको पदमार्ग र उहाँहरुले देखाउनु भएको असल बाटोमा आफूहरु लागिरहेको बताउँदै उनले भने, कुष्ठप्रभावित व्यक्तिहरुको उपचार बाट शुरुभएको यस अस्पतालले हाल आएर अपांगता भएकाहरुका लागि कृत्रिम हातखुट्टा बनाउने, प्रशामक हेरचाह, श्रवण सम्बन्धी समस्या समाधान लगायतका विशेषज्ञ सेवा यस हरियो खर्क अस्पतालमा उपलब्ध छन् । आर्थिक रुपमा विपन्न बिरामीहरुका लागि निशुल्क उपचार उपलब्ध हुने समेत उनले जानकारी गराए।

साथै कार्यक्रममा सेवाग्राहीको तर्फबाट उपचार पछिको खुशी साट्दै १६ वर्षको उमेरमा रुखबाट खसेर ढाड भाँचिएपछि जीवनको आशा मारेकी स्याङ्जा भीरकोटकी पूनम विकले आफ्नो कथा सुनाइन् । दुर्घटनालगत्तै भारतमा गएर उपचार गराए पनि पूर्णरुपमा निको नभएको तर हरियो खर्कको उपचार पछि आफूले नयाँ जीवन प्राप्त गरेको बताइन् । हाल उनी अस्पतालमा कर्मचारीको रुपमा कार्यरत छिन् ।

अनुगमन भ्रमणमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.श्रीराम तिवारी सहितको सहभागीता थियो ।

स्वास्थ्य तथा समुदाय बिकासका कार्यक्रम पश्चिम नेपालको ११ वटा जिल्लामा सञ्चालन गर्दै आइरहेको यस आइ एन एफ ले नेपालमा आफ्नो यात्राको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाइरहेको छ ।

Hon’ble Chief Minister of Gandaki Province visited GPH

Hon’ble Chief Minister of Gandaki Province Krishna Chandra Nepali Pokhrel has visited INF Nepal Green Pastures Hospital for observation and monitoring on 18 May Wednesday.
Chief Minister Pokharel thanked the hospital for its remarkable work in Leprosy, Spinal cord injury, Disability and other specialist services like Ear and Palliative Care. He expressed the need to coordinate and cooperate with the hospital in the special program to be introduced by the State Government for persons with disabilities, including spinal cord injury.
On the occasion, Minister of Physical Infrastructure, Urban Development and Transport Management Kumar Khadka praised the services rendered by the hospital in various fields and said that the Provincial Government is committed to cooperating for the expansion of services of the hospital in future.
Hospital Director Dr Arun Kumar Budha and INF Nepal Executive Director Krishna Adhikari gave a brief overview of the 70-year history of INF Nepal, its current services/activities and plans. Both expressed their gratitude to the Nepal Government, Federal and Local Governments of Nepal for their continued support and patronage over the past 70 years. They hoped for similar coordination and support in the future.
Along with the Chief Minister, Minister of Physical Infrastructure, Urban Development and Transport Management Kumar Khadka, Deputy Chairman of the Policy and Planning Commission Dr Raghuraj Kafle, Principal Secretary Ravilal Panth and Health Secretary Dr Shri Ram Tiwari made a joint monitoring visit to the hospital.

For more photos click here.