आई एन एफ नेपालले एक कार्यक्रमका बीच विश्व वातावरण दिवस मनाएको छ । संस्था अन्तर्गत सञ्चालित हरियो खर्क अस्पताल परिसरमा विभिन्न प्रजातिका फलफुल लगायतका बिरुवा रोपी सो दिवस मनाइएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले आई एन एफ नेपालले जलवायु परिवर्तनको सवालमा समेत कार्य गरिरहेको स्मरण गराउँदै भोलीका दिनमा हावा र पानीको झन् महत्व हुने कुरामा जोड दिए । उनले आजैबाट कार्यस्थलमा प्लास्टिकजन्य सामाग्रीको प्रयोगमा कमी गर्दै लैजानुपर्ने बताए ।

‘केवल एउटै पृथ्वी’ को अवधारणामा आयोजित वृक्षारोपण कार्यक्रम माथि प्राविधिक संयाेजक हरीबन्धु अर्यालले प्रकाश पारेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै हरियाे खर्क अस्पतालका अस्पताल निर्देशक डा. अरुण कुमार बुढाले वृक्षारोपणले वातावरण मात्र नभएर जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने र वातावरण संरक्षण कार्यलाइ सबैले जम्मेवारी पूर्वक लिनुपर्ने बताए ।

कार्यक्रमकाे सुरुवात संस्थाकी बित्त निर्देशक मन्जु थापाकाे प्रार्थनाबाट र अन्तिम प्रार्थना सम्पर्क निर्देशक ढाकाराम बुढामगर बाट भएकाे थियाे भने कार्यक्रमकाे संचालन मार्केटिङ एण्ड प्रोमोसन्स म्यानेजर श्यारोन जोशुवा तिवारीले गरेकी थिइन् ।

कम्युनिटी आउटरिच म्यानेजर बिष्णु गिरीको संयाेजनमा ‘वृक्षारोपण पहल नेपाल’ नामक संस्थाले वृक्षारोपणका लागि आई एन एफ नेपाललाइ १०७० बिरुवा उपलब्ध गराउने छ । यस विश्व वातावरण दिवस, कास्की बाहेक आई एन एफ नेपाल कार्यरत बाजुरा, जुम्ला, बाँके लगायतका विभिन्न जिल्लाहरुमा विविध कार्यक्रमहरु गरि मनाइएको छ ।

सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा आई एन एफ नेपालले बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की, लमजुङ र गोरखा जिल्लाहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । आइ एन एफ ले यस वर्ष संस्था स्थापनाकाे ७० औं वार्षिकाेत्सव विभिन्न कार्यक्रमहरू गरि मनाइरहेकाे छ ।